मुख्य समाचार

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कनु संविधान विपरीत भएको झलनाथ खनालको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु अनैतिक र संविधान विपरित भएको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मूल्य मान्यतामा विपरीत भएको भन्दै सम्बन्धित निकायले ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

संविधान संसोधन भन्दा पनि संविधान पुनरावलोकन गर्न सुझाव दिदैँ नेता खनालले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत भएको टिप्पणी गरे । शासकीय स्वरूप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै उनले सामाजिक आर्थिक स्तर माथि उकास्ने कार्यमा लाग्न आवश्यक रहेको बताए ।

सरकारले ल्याएको सामाजिक सञ्जाललाई नियमन विद्येयकका विषयमा उनले अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्दै केही कुरा संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए । सामाजिक सञ्जाललाई मर्यादित बनाउन पनि नियमन गर्न आवश्यक रहेको उनले स्पष्ट धारणा व्यक्त गरे । सामाजिक संजाललाई मर्यादित र शान्तिप्रिय बनाउने विषयमा सबै सरोकारवालाको ध्यान पुगेको उनको भनाइ छ ।

माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिएर पार्टीमा पुनः प्रवेश गराइसकेका छन् । सो विषयमा अहिले चौतर्फि आलोचना भएको छ । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीलाई पार्टीमा प्रवेश गराउने विषयमा असहमति जनाउँदै आएका छन् । तर भण्डारी भने पुनः सक्रिय राजनीतिमा फर्कने योजनामा लगेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *