काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्माको खोजी गरेका छन्।
प्रतिनिधि सभामा विशेष समयमा बोल्दै प्रचण्डले संसदीय अभ्यासमा सरकारको पक्षबाट प्रधानमन्त्री बोल्दा प्रतिपक्ष दलका नेता उपस्थिति हुने र प्रतिपक्ष दल बोल्दा प्रधानमन्त्री उपस्थिति हुनैपर्ने जिकिर गरे।
उनले भने, ‘सरकारको पक्षबाट बोल्दा हामीले प्रधानमन्त्रीलाई सुनेका हौँ। अनि हामी बोल्दा प्रधानमन्त्री सुन्न आउनु पर्दैन?’




