राजनीति

सरकारले ल्याएको अध्यादेश जनताको पक्षमा छैन : वेदुराम भुषाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) का सांसद डा.वेदुराम भुषालले सरकारले ल्याएको अध्यादेश जनताको पक्षमा नरहेको बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिवेशन आह्वन गर्नु भन्दा ४ दिनअघि मात्रै अध्यादेश ल्याएको भन्दै बिरोध जनाए ।

सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद अधिवशेन बोलाइएको बताए ।

उनले आगामी अधिवेशन सयममा संसद बोलाउन आफूहरुको माग रहेको बताए । संसद प्रतिपक्षको हो भन्नेकुराको पुष्टि पुनः भएको पनि बताए ।

उनले भने, ‘दुःखका साथ भन्नुपर्छ । सरकार यो अधिवेशन बोलाउन चाहँदैन थियो । तथ्य प्रमाणले बोल्छ, यो अधिवेशन प्रतिपक्षहरुको पटक पटकको अधिवेशन समयमा बोलाइयोस् र यदी बोलाइँदैन भने हामी विशेष अधिवेशनको माग गर्न बाध्य हुनेछौँ भनिसकेपछि नै यो अधिवेशन बोलाइएको हो । यसमा सत्ता पक्षका मान्यज्युहले दुःख नमान्नु होला । यो त यथार्थ हो । त्यो वातावरण सिर्जना नहुनु पर्दथ्यो । नियमित अधिवेशन नियमित समयमा चलुन् भन्ने हो । यसले संसद प्रतिपक्षको हो भन्नेकुरा पुष्टि गरेको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *