
काठमाडौं । नेकपा माओवादी केन्द्र भोजपुरमा माओवादी नेता तथा कार्यकर्ताहरुले कार्यशैलीप्रति प्रश्न खडा खरी असन्तुष्टि सामाजिक संजालमा छत्ताछुल्ल पोखेका छन् । वडा तथा पालिका अधिवेशन चलिरहेको बेला प्रतिनिधिसभा सांसद एवं केन्द्रीय सदस्य सुदन किरातीको कार्यशैलीलाई लिएर नेताहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा छताछुल्ल पारेका हुन् ।
सांसद किरातीले गुट बिस्तार गरेको आरोप लगाउदैँ माओवादी पार्टीका कोशी प्रदेश सचिवालय सदस्य एवं भोजपुर जिल्ला सह इन्चार्ज विमल खड्काले स्वचालित र चलायमान कमिटी बनाउन सार्वजनिक अपिल गर्दै सुदन किरातीलाई
भाइरल सांसद’ को संज्ञा दिएका छन् ।
, ‘हामी सबै पार्टीका तहगत जिम्मेवारी रहेका नेता कार्यकर्ताहरूले कर्तव्यवोध अनिवार्य हुनुपर्छ भनी अनुरोध गर्दछु । तर, पार्टीका केन्द्रीय सदस्य तथा भाइरल संसदले आफू र आफ्ना सुन्डमुसुडहरू, नागरिकता बेचुवासमेत प्रयोग गरी गुटबन्दी गर्दै गुट बिस्तार गरेकोमा घोर भर्त्सना गर्दछु ।’ खड्काले सामाजिक सञ्जालमा शेयर गरेको अपिलमा उल्लेख गरिएको छ । जनार्दन शर्मानिकट रहेका किरातीले जिल्लामा आफूअनुकूल संगठन बनाउने नाममा क्षमतावान् र युद्धकालदेखि निरन्तर खटिरहेकाहरूलाई पाखा लगाएको भन्दै नेता– कार्यकर्ताले उनको आलोचना गरेका हुन् ।
जिल्ला इन्चार्ज (केन्द्रीय सदस्य) नगेन्द्र राईलाई पनि हस्तक्षेप गर्ने गरेको र जिल्लाको नेतृत्वलाई पनि दबाब र प्रभावमा निर्णय गराउन खोजेपछि आफूहरू विरुद्धमा उत्रिएको एक नेताको दाबी छ । सुदन किँरातीले जारी वडा अधिवेशनमा एकलौटी आफ्ना झोलीतुम्बा बोक्नेलाई मात्र राखिरहेका भन्दै खड्काले सामाजिक संजालमा असन्तुष्टि पोखेका हुन् ।
माओवादी भोजपुरका अध्यक्ष नगेन्द्र भुजेल ‘शैलेन्द्र’ भने संगठन विस्तार र पार्टी गतिविधिमा समस्या नआएको दाबी गरेका छन् । हाल ४ वटा पालिकाको वडा अधिवेशन सकिएको उनले बताएका छन्। । उक्त पालिकाका इन्चार्ज र प्रदेश कमिटी सदस्यहरूलाई सम्पूर्ण जिम्मेवारी दिएको बताएका छन् । तर भोजपुर माओवादी नेताहरुको कार्यशैली पाटीभित्र द्वन्द्व निम्त्याएको भन्दै सह इन्चार्ज खड्काले आफु धैर्यता टुटेर विरोध गर्न बाध्य भएको बताएका छन् । उनले अन्य असन्तुष्टि सामाजिक संजालमा थप आउने समेत बताएका छन् ।