काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षबाट बहस सकिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर भएको थियो ।
बुधवार लामिछानेका पक्षबाट चार वकिलहरुले थुनछेक बहस गरेका छन् । बहसका क्रममा उनीहरुले लामिछानेलाई साधारण तारेखमा रिहा गर्न माग गरे । लामिछानेका पक्षबाट पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठ,सुशील पन्त लागयत चार वकिलले बहस गरेका थिए । अहिले सरकारी वकिलहरुको बहस सुरु भएको छ । आज नै आदेश आउने सक्ने बताइएको छ ।




