राजनीति

कांग्रेस संसदीय दलको बैठक भोलीका लागि तय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) दिउँसो २ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले मंगलबार दिउँसो २ बजे बस्नेतरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत समसामयिक विषयमा छलफल हुने सांसद खतिवडाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *