
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदमा रेकर्ट भएको हिंशा शब्द हटाउन माग गर्दै संसदमाथि लगाएको अवरोध हटाएको छ । सोमबार माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले आफ्नो मतलाई जारी राख्दै संसदमाथिको अवरोध हटाएको जानकारी दिए ।
प्रधानमन्त्रीको विदेश भ्रमण, केही महत्वपूर्ण विधेयक पारित लगायत कार्यसूची अगाडि बढाउन प्रतिनिधि सभा बैठकको अवरोध हटाएको उनले बताए । सांसद बस्नेतले समसायिक राजनीतिक विषयमा समेत कुरा गरेका छन् । १२ भदौमा एमाले सचिव योगेश भट्टराईले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेका थिए । सांसद बस्नेतले उक्त शब्द प्रयोग सांसदहरुको व्यक्तिगत अथवा दलगत भएको प्रष्ट पार्न समेत माग गरे ।