गण्डकी प्रदेश

कांग्रेस कोटामा मनाङे र फणिन्द्रको मन्त्री पद सुरक्षित

काठमाडौं । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कायमै रहने भएको छ । गण्डकी प्रदेश सरकारले आइतबार मन्त्रालय विभाजन गरेपछि कांग्रेसको कोटमा फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ सुरक्षित रहेका हुन् । एमालेले उनीहरुलाई एमालेको कोटाबाट मन्त्री बनाउन नचाहेपछि कांग्रेसले उनीहरुको मन्त्री पद यथावत राखेको हो ।

यो संगै उनीहरुले नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनपछि बनेको सरकारमा पनि उनीहरूले निरन्तरता पाउने निश्चित भएको हो । गत जेठ २८ गते विश्वासको मत दिँदा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार ढल्नबाट जोगिएकाले उनीहरुलाई कांग्रेस मन्त्रीको रुपमा थमौती गरेको हो ।

मन्त्रालय विभाजनपछि एमाले र कांग्रेसबीच सहमति भएसँगै एमाले ४ र कांग्रेसले मुख्ममन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो । ५ मन्त्रालय पाएको कांग्रेस त्यही मध्येबाट दुईजना फणीन्द्र र मनाङेलाई मन्त्री बनाएको छ । कांग्रेस कोटाबाट मुख्यमन्त्रीसहित ३ जना कांग्रेसबाट र दुई जना फणीन्द्र र मनाङे मन्त्री छन् ।

फणीन्द्रको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय यथावत हुँदा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *