गण्डकी प्रदेश

गण्डकीमा मन्त्रालय विभाजन ,चाडैँ एमाले सरकारमा सामेल हुँदै

काठमाडौं । गण्डकी प्रदेशले सरकार मन्त्राय विभाजन गरेर मन्त्रालयको संख्या नौ पु¥याएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या ७ बाट ९ पुर्‍याइएको हो ।

वन तथा वातावरण, उद्योग, पर्यटन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्रयाइएको हो छ । प्रदेशमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने गरी सहमति भएको पाण्डेले बताए । अब एमाले चाँडैँ सरकारमा सामेल हुने उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *