कोशी प्रदेश

कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा सरकार

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरलाकारई दिएको सर्थनम फिर्ता लिने तयारी गरेको छ । । शुक्रबार बस्न लागेको प्रदेशसभाको बैठकलाइ सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

केन्द्रमा कांग्रेस–एमालेबिच समिकरण पश्चात माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । माओवादी सांसदहरूको समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार गठन भएको उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । अब कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *