राजनीति

भदौ ४ गते विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री आचार्य

बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन्।

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिए।

नेकपा एमालेका नेता आचार्य साउन ७ गते लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी एमाले र नेपाली कांग्रेसका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

आचार्य नेतृत्वको सरकारमा एमालेका पाँच र कांग्रेसका चारजना मन्त्री छन्। सरकारलाई पूर्णता दिन भने अझै बाँकी छ। कांग्रेसबाट एक तथा साना दलबाट दुईजना मन्त्री नियुक्त गर्ने तयारी छ।

विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *