राजनीति

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी मल्ललाई

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी चक्रबहादुर मल्ललाई दिएको छ । मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतकमा मल्ललाई चयन गरेको हो । डोटीको प्रदेश सभा (क) बाट मल्ल प्रत्यक्ष निर्वाचित सांसद हुन् । बैठकले सचेतकमा प्रदेश सभा सदस्य जानकी ऐर बमलाई चयन गरेको छ । बम बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाललाई दिएको थियो । हाल पाल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् भने सचेतक निर्मलादेवी साउद पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् । संसदीय दलका नेता रावलका अनुसार प्रमुख सचेतक र सचेतकको जिम्मेवारीमा रहेका दुवै जना सरकारमा सहभागी भएपछि जिम्मेवारी हेरफेर गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *