कोशी प्रदेश

कर्णाली प्रदेश सरकारमा सहभागी भएका कांग्रेसका चार मन्त्रीद्धारा शपथ ग्रहण

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी भएका नेपाली कांग्रेस ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो नवनियुक्त चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसले गत शुक्रवार नै आफ्ना तर्फबाट मन्त्री हुने सांसदहरूको नामावली मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो । तर मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफैसँग राख्न खोजेपछि त्यस दिन मन्त्रीहरूको नियुक्ति र शपथ हुन नसकेको स्रोतले जनाएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ ।

कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन् । साउन ७ गते नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । । कर्णली प्रदेशमा एमाले नेतृत्वको सरकार छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *