
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा चौथो पटक प्रधानमन्त्रीमा नियक्ती भएका केपी शर्मा ओलीले आज सपथ लिदैँछन् । यस्तै प्रधानमन्त्री ओलीसहित नयाँ सरकारमा सामेल भएका २१ मन्त्रीले समेत प्रधानमन्त्रीसँगै पद तथा गोपनीयताको शपथ लिने भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउनेछन् भने प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् । नयाँ सरकारमा नयाँ अनुहारहरु देखिएका छन् । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाँदैछ । उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने सहमति भएको छ ।
नयाँ सरकारमा शपथ लिने १८ मन्त्रीहरुको नामावली सुचीसहित :
१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक – गृह
५. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
६. आरजु राणा – परराष्ट्र
७. प्रदीप यादव – खानेपानी
८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१५. मानवीर राई – रक्षा
१६. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही – वन तथा वातावरण
१९. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
२०. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास