काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् ।
आफूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए ।
उनले अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रश्ताव पेश गरे ।
‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो,’उनले भने,‘ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ ।’
एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकारको प्रयोग गरेको बताए । उनले नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिइ बस्न रुची नरहेको भएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको जिकिर गरे ।
प्रधानमन्त्री दाहालले पश्चगामी सोच लिएर काँग्रेस र एमाले मिलेको दाबी गरे ।




