काठमाडौं । कोशी प्रदेशको बजेट किताबमा एकलौटी योजना हालेको भन्दै नेपाली कांग्रेस र राप्रपाले कोशी प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा मन्त्रीहरूले एकलौटी तरिकाले योजना विनियोजन गरेको आरोप लगाएका छन् ।
आर्थिक विधेयकका विषयमा छलफल गर्ने कार्यसूचीका लागि बैठक बोलाइएको थियो । उक्त बैठक सुरू भएलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । उनीहरुले बजेट समानुपातिक वितरण नगरेको भन्दै उनीहरुलाई बैठक बहिस्कार गरे । प्रतिपक्षीको विरोधपछि सभामुख अम्बर बहादुरविष्टले कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङलाई बोल्न दिएका थिए ।
तामाङले नीति तथा कार्यक्रम बनाउँदासमेत आफूहरूसँग छलफल समेत समावेश नगराएको भन्दै नाराहरू राम्रा भए पनि बजेट एकलौटी भएको उनको बताए । रातो किताबमा भएको विनियोजन बजेटलाई हेर्दा प्रदेशसभा सदस्य समेत भन्न लाज लाग्ने अवस्था आएको बताए । राप्रपाका प्रदेशसभा सदस्य सविना बजगाइँले रातो किताबमा ४ भाइको मात्रै योजना हालेको आरोप लगाइन् ।




