काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम र वार्षिक वजेटमाथि आइतार अन्तक्रिया कार्यक्रम गर्ने भएको छ । नगरपालिकाले आइतार दिउसो ३ः ०० बजे नगर कार्यपालिकाको कार्यालय, बाघखोर नुवाकोट उक्त कार्यक्रम राखेको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले जानकारी दिए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक वजेट अन्तिम चरणमा रहेकोले छलफल तथा अन्तर्क्रिया तथा राय सुझाव संकलनका लागि नगरपालिकाले सरोकारवाला राजनैतिक दल, गैर सरकारी संघ संस्था, महिला, आदिवासि जनजाती, अपाङ्ग, जेष्ठनागरिक, वालवालिका, युवा, पत्रकार, व्यावसायी, व्यापारी संलग्न संस्था वा समुहहरुलाई छलफल तथा अन्तर्क्रियामा उपस्थित हुन अनुरोध गरेको छ ।





