राजनीति

स्वतन्त्र सांसद अमरेशकुमारको प्रस्ताव –शिक्षा मन्त्रीलाई काम गर्न दिऔँ

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले आफूहरू साथमा रहेको भन्दै शिक्षा क्षेत्रको समग्र सुधारका लागि अगाडि बढ्न शिक्षामन्त्री श्रेष्ठलाई आग्रह गरे ।

‘मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,‘म कताकता सुन्छु, शिक्षा मन्त्रीलाई काम गर्न दिइएको छैन । शिक्षा मन्त्रीजीलाई सार्वजनिक रूपमा भन्न चाहन्छु– हामी तपाईंको साथमा छौं ।’ शिक्षामा कुनै किसिमको राजनीतिकरण गर्न नहुने बताउँदै उनले देशको समग्र शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताए । विद्यालय व्यवस्थापन समिति, शिक्षकहरूको ट्रेड युनियन र विद्यार्थी संगठनसमेत आवश्यक नरहेको उनको भनाइ छ ।

‘कुनै किसिमको व्यवस्थापन समिति चाहिँदैन । व्यवस्थापन समिति दलको संगठन निर्माण गर्ने थलो बनेको छ,’ उनी थप्छन्, ‘कुनै किसिमको ट्रेड युनियन चाहिँदैन । चाहे शिक्षकको होस् वा विद्यार्थीको युनियन होस् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *