काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमाथि छानबिन गर्न आजै संसदीय समिति गठन हुने जनाएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले संसदीय छानबिन समितिको सहमति चार बजे बस्ने प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित पारित गर्ने उनले बताए ।
सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबिच संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि आज ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ । कांग्रेसले आजै दिउँसो ३ बजे संसदीय समितिमा बस्ने सदस्यको नाम टुङ्गो लगाउने लेखकले बताए । विपक्षी दलको बैठकले मध्यमार्ग खोज्दै छानबिन समितिको कार्यादेशमा लामिछानेको सट्टा गोर्खा मिडियाको नाम राख्न सहमत भएपछि बजेटमा विपक्ष दलले अवरोध नगर्ने भएको हो ।
सहकारी प्रकरणमा लामो समयदेखि सत्ता पक्ष र प्रतिपक्षबिच चलेको विवादको अन्त्य सहमति प्रश्चात अन्त्य हुने भएको छ । नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाएपछि पनि सरकारले आरोपितलाई शक्ति र सत्ताका आधारमा बचाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।




