काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश (टीओआर) मा राखिने विकल्पको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल भएको छ । सोमबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा कार्यदलमा भएका छलफल र प्रधानमन्त्रीसँग भएका छलफलबारे
उक्त बैठकमा छलफल भएको कांग्रेस नेता परियारले जानकारी दिए ।
‘ उनले पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा बालुवाटारमा छलफल भएको विषयबारे ब्रिफिङ गर्दै बाहिर आएका प्रतिक्रिया लगायत सबै विषयमा छलफल भएको बताए । प्रधानमन्त्रीले पुनः बालुबाटारमा बोलाएपछि आँफुहरु बालुटार जाँदै गरेको उनले बताए । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार सहभागी प्रधानमन्त्रीसँगको छलफलमा बालुवाटार गएका छन् ।
सरकारले भोली सरकारले बजेट ल्याउने दिन भएकाले सहकारी प्रकरणबारे प्रतिपक्ष र सत्ता पक्षबिचको सहमति जुटाउन प्रधानमन्त्री लागि परेका छन् ।




