काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।
कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले आइतबार दिउँसो बसेको बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक बहिष्कार गरेका हो । कांग्रेस र नाउपाका सांसदहरू बेल घेराउ गर्दै सहकारी ठगीमा मुछिएकाहरूमाथि छानबिन गर्न माग गर्दै नाराबाजी बाहिरिएका थिए ।
सभामुखले दिएको समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले सहकारी ठगीमा जोडिएकाहरूमाथि छानबिन गर्नुपर्ने बताउँदै गृहमन्त्रीले सञ्चार माध्यममाथि प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिरालाई पक्राउ गरेको टिप्पणी समेत गरे । कांग्रेस र नाउपाको रेशम पक्षले सभा बहिष्कार गरेका थिए । तर राप्रपाको उपस्थितिमा सभामुखले बैठक सञ्चालन गरे ।




