काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने भएका छन् । मुख्यमन्त्रीले आजे बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयाी गरेका छन् ।
सत्ता गठबन्धनमा भएको भागबन्डा अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको भन्दैमाओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न नमानेपछि प्रदेश सभाबाट विश्वासको मत लिएर केन्द्रमा भएको सहमति कार्यान्वयन गर्ने माओवादी सांसदहरुले अडान राखेका थिए ।
कर्णाली प्रदेशको नेतृत्व नेकपा एमालेलाई छोडिदिन प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत निर्देशन दिएपछि मुख्यमन्त्री शर्माले एमालेका नेताहरूसँग समेत छलफल गरेर एमालेलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर एमालेले मुख्यमन्त्री शर्माको कुरालाई स्वीकार्न नमानेपछि बुधबार मुख्यमन्त्री शर्मा राजीनामा दिने बताएका हुन् । माओवादी प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार उनले ‘सदनलाई सम्बोधन गरेर राजीनामा दिनेछन् ।
प्रदेश सभाको बैठक अहिले ३ बजे बोलाइएको छ । यो बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी थियो । अब उनले राजीनामा दिने तयारी गरेका छन् ।




