गण्डकी प्रदेश

दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने एकीकृत समाजवादीको तयारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पाटीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई पार्टीभित्र आन्तरिक छलफल नगरी मन्त्रीमा नियुक्ती भएको भन्दै कारबाही गर्ने जनाएको छ ।

बुधबार नेकपा एसको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले बताए । स्पष्टीकरण काम प्रक्रियामै रहेको बताउँदै नेकपा एस गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले ‘पहिलो चरण स्पष्टीकरण सोध्ने र दोस्रो चरणमा केन्द्रले उनका बारेमा सोच्ने बताए ।

स्वतन्त्र जितेर नेकपा एस प्रवेश गरेका मनाङेले आइतबार पार्टी छोडेको भन्दै स्वतन्त्र हैसियत बनाउन प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । निवेदन दिएको २४ घन्टा नबित्दै मनाङेलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *