कोशी प्रदेश

पदबाट राजीनामा र सरकारलाई दिएको विश्वासको मत फिर्ता नलिने कोशीका मुख्यमन्त्री कार्कीको अठोट

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसको सहकार्यमा बनेको सत्ता गठबन्ध टुटेपछि प्रदेश सरकारबाट पछि नहट्ने अठोट लिएका छन् ।

सोमबाट प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले, रास्वपा, माओवादी केन्द्र र जनता समाजवादीको सहमतिमा सबै मन्त्रालय खाली राखेर नयाँ गठबन्धन कायम गरेपछि नेकपा एमालेले कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा समेत मागेपनि मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारबाट पछि नहट्ने बताएका हुन् ।

उनले आँफूले पदबाट राजीनामा र सरकारलाई दिएको विश्वासको मत समेत फिर्ता नलिने अडानमा बसेको बताएका छन् । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार फेर्ने कसरत आजैबाट सुरु भइसकेको केन्द्रीय सत्ता गठबन्धनका नेताहरु बताउँछन् । तर त्यो मन्सायमा कार्की देखिँदैनन् । तर संविधानको धारा १६८ को उपधारा ५ अनुसार नै अर्को सरकार बन्ने एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *