मुख्य समाचार

सुदूरपश्चिम सरकारबाट माओवादीका मन्त्री फिर्ता

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका छन् । केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन विघटन भएपछि एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई हटाएका हुन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल मुख्यमन्त्री शाहले फिर्ता पठाएका हुन् । सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमत पुग्छ ।

मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत माओवादीका मन्त्रीहरूलाई बर्खास्त गरिएको बारेमा जानकारी दिने तयारी रहेको स्रोतले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् । एक सिट खाली छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *