काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले सरकारलाई मिटरव्याजी पिडितको माग सम्बोधन गरिदिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन् । लघुवित्त तथा सहकारीमा राखेको पैसा डुबेपछि घरबारबिहीन बनेका मिटरब्याज पिडित लामो बाटो लामो समय लगाएर बुधबार काठमाडौँ आएका छन । विभिन्न जिल्लाबाट २३ दिन लगाएर न्यायका लागि काठमाडौं आएको उनीहरुले बताएका छन् ।
भूमिहीन सुकुम्वासीलाई चुनावी फन्डको रूपमा मात्र भूमि दिने भन्ने गरेको उल्लेख गर्दै सभापति लामिछानेले पिडितको समस्याप्रति सरकार गम्भिर बन्नुपर्ने उल्लेख गरे । यस्तै उनले भरतपुर महानगरको फोहोर व्यवस्थापनको विकल्प खोज्न समेत सरोकारवालाई ध्यानाकर्षण गराएका छन् ।