गण्डकी प्रदेश

बागलुङ पञ्चकोटमा माघ २९ गते गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ । प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालका अनुसार माघ २९ गते बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको हो ।

प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई प्राथमिकतमा राखिएको प्रदेश सरकारले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *