कोशी प्रदेश

धरानका मेयर र उपमेयरबीच विवादको अवस्था सिर्जना , साङपाङलाई भिडियो पुष्टि गर्न उपमेयरको चुनौती

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीच कार्यपालिका बैठकमै चर्काचर्की परेको छ । लामोसमयदेखि हर्क साङपाङलाई साथ र सर्पोट दिदैँ आएका उपमेयर बेघामाथि मेयर साङपाङले सामाजिक सँजालमा असहयोग गरेको भन्दै चरित्र हत्या गर्ने किसिमको भिडियो सार्वजनिक गरेपछि मेयर र उपमेयरबीचको विवादको अवस्था सिर्जना भएको हो । उपमेयर बेघाले मेयर साङपाङलाई सामाजिक संजालमा पोष्ट गरेको भिडियोका बारेमा पुष्टि गर्न चुनौती दिएपछि साङपाङ निरास बनेका छन् ।

कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएको विषयमा कुरा गर्दै नीति भन्दा बाहिर गएको कुरा राम्रो नहुने उनले उल्लेख गरेका छन् । साङपाङलाई सामाजिक संजालमा सार्वजनिक भएको भिडियोका बारेमा पुष्टि गर्न समेत उनले चुनौती दिएका छन् तर साङपाङलाई उक्त कुरा पुष्टि गर्न भने सहज छैन् ।

साम्पाङले केही समयअघि फेसबुकमा उपमेयर बेघाका बारेमा नकरात्मक सन्देश सार्वजनिक गरेका थिए । सोही विषयमा उपमेयरले आपत्ति जनाएका हुन । आफूलाई विषालुको संज्ञा दिएको उक्त सामाग्रीलाई लिएर बेघाले आक्रोश पोख्दै आपत्ति जनाएपछि बैठक हलमै तनाव भएको थियो । निरङकुश शैलीमा अभिव्यक्ती दिएको भन्दै उपमेयरले साङपाङलाई लोकतान्त्रिक हुन आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *