कोशी प्रदेश

कोशी प्रदेशमा एमालेका उमेदवारहरुद्धारा मनोनयन दर्ता

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएको छ । सोमबार एमालेबाट महिला कोटामा रुक्मिणी कोइरालाले र अन्य कोटामा परशुराम अधिकारीले उमेदवारी दर्ता गराएका हुन् ।

अधिकारीको प्रस्तावक र समर्थक सिर्जना राई र जयप्रकाश चौधरी रहेकल छन् भने कोइरालाको प्रस्तावक समर्थक रामप्रसाद मेहता र शिलादिक्षित कार्की छन् ।सत्तारुढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र चम्पा कार्कीले पनि सोमबार विहान नै साइत हेराएर मनोनयन दर्ता गराएका छन् ।

सिटौलाको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की भने माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएकी चम्पा कार्कीको समर्थक रामकुमार खत्री र गणेश उप्रेती रहेका छन् ।

दुई सिटका लागि हुने निर्वाचनको मतदाता प्रदेश सांसद र पालिका प्रमुख उपप्रमुख हुन् । कोशीमा राष्ट्रिय सभाका लागि ३ सय ६७ जना मतदाता छन् । जसमा ९३ जना प्रदेश सांसद हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *