काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त भएका हुन ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार आइतबार मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । आइतबार दिउँसो पौने २ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
मोरङको विराटनगर महानगरपालिका ९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत छन् ।




