काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्ण बहादुर खड्काले कर्णाली प्रदेशको समग्रविकासका लागि नेताहरुले सकरात्मक काम गर्नुपर्ने बताएका छन् । कर्णालीका जनताको समग्र विकासका लागि राजीतिदलका नेताहरुले जनताका लागि आवश्यक विकास निमार्णमा जोड दिनुपर्ने बताएका हुन् ।
शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्ने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् । अब कर्णालीका नेताहरुले जनताको साथ सपोर्ट र आवश्यकतालाई नियालेर तिव्र गतिमा विकासको गति बढाउन आवश्यक रहेको उनले बताए ।
कर्णाली प्रदेशको सम्पूर्ण विकासका लागि राजनीति दलहरुकै विमति र द्वोन्द्वका कारण प्रदेशले विकासले गति पाउन नसकेको बताउँदै उनले सबै राजनीति दलहरुले देखिएका समस्याको समाधान गरी सबै राजनीति दलहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । त्यो गर्न सकेको अवस्थामा मात्र कर्णाली प्रदेशले विकासले चाँडै विकासको गति लिन सक्ने उनको भनाइ छ ।
उपप्रधानमन्त्री खड्काले प्राथमिकतामाका क्रममा विकासका आधारहरु तलमाथि भएपनि विकासका आधारहरु जलस्रोत, उपयोग, सडक, मैदान, विकास निर्माणमा कुनै विवाद नभएको उल्लेख गरे । जस्रोतको उपयोग गर्न लगिनिकर्तासँग समझदारी भइरहेकाले लगानीकर्ताको लागि बिक्री बजारको सुनिश्चितता हुनेगरी भइरहेको समेत बताए । दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णालीमा यसका लागि सबै एकताबद्ध भएर सम्पन्न हुनुपर्ने बताए ।
खेलकुदका अन्य सम्भावनालाई पनि उजागर गर्नुपर्ने उनको भनाइ छ । उनले रंगशाला निर्माण हुनु संघीय सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे । खेल सम्बन्धी भौतिक निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए ।
मन्त्री खड्काले खेल मैदान बनाउन सरकारका जिम्मेवार निकायहरुले लाग्नुपर्ने भन्दै उनले सङ्घीय सरकारका तर्फबाट प्रतिबद्धता जनाए । भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागीता रहेको छ ।नेपाल भलिबल सङ्घको आयोजनामा पुस २० गते शुक्रबार देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालनमा आउने भएको छ ।




