राजनीति

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीद्धारा शपथ ग्रहण, केसीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।

कृष्ण केसीले सहरी विकास मन्त्रालय र सरोज थापाले उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका थिए। लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।

नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरेर पदभार ग्रहण गर्न दाङ जानेछन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *