काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले महानगरपालिकाभित्रका सबै विद्यालयलाई विद्यालय पोसाक भन्दा अन्य पोसाक किन्न विद्यार्थीहरुलाई बाध्य नपार्न निर्देशन दिएका छन् । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
बुढानीलकण्ठ नगरपालिका भित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाईएको भन्ने गुनासो यस नगरपालिकामा प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई आग्रह गरेको जारी विज्ञीप्तीमा उल्लेख गरिएको छ ।
महानगरपालिकाले जारी गरेको निर्देशनको विद्यालयहरुले पालना नगरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने बुढानीकलण्ठ महानगर प्रमूखले जानकारी दिए ।





