कामठाडौं । बागमती प्रदेश सरकार मन्त्री परिषदको बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौडालाई बागमती प्रदेश सार्बजानिक बिश्वबिधालय बनाउॅने निर्णय गरेको छ । मंगलबार बसेको बागमती प्रदेश मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले प्रादेश उच्च शिक्षा ऐन २०७८ लाई कार्यान्वयन गर्दै प्रदेश उच्च शिक्षा परिषद्अन्तर्गत हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाएको हो ।
२०७८ चैत १५ मा जारी उक्त ऐनमा प्रदेशको मौलिक सम्भावना र चुनौतीलाई मध्यनजर गर्दै समुदायको ज्ञान, सीप र प्रविधिलाई शिक्षासँग जोड्न, शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई मर्यादित, गुणस्तरीय र व्यावहारिक बनाउन विश्वविद्यालय स्थापनाको व्यवस्था गरिएको छ ।




