राजनीति

एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्छौ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल शेयर बिक्री प्रकरणमा अध्ययन भइरहेको बताएका छन् । सिंहदरबारमा केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा सोमबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
१३० अर्बको एनसेल सात अर्बमा बिक्री वितरण गर्नु गैरकानुनी भएको प्रधानमन्त्ती प्रचण्डले उल्लेख गरे ।

‘ प्रधानमन्त्रीले बिक्रेता र क्रेताले मनलाग्दी गरेको गतिविधि सरकारले मान्न नसकने बताए । एनसेल शेयर विक्रि प्रकरणमा अध्ययन नगरी अगाडी नबढ्न आग्रह गरेको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *