राजनीति

कांग्रेस लुम्बिनी सम्मेलनको बन्द सत्रमा तीनवटा प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र शुरु भएको छ । प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भातृ संस्थाका प्रतिनिधि गरी ७ सय ५० जनाको सहभागिता रहेको प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले बताए ।

सम्मेलनमा उपसभापति भुवन प्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेसका प्रदेश सदस्य विष्णु पोख्रेलले बताए।

प्रतिवेदनमाथि प्रतितिधीहरुको छलफल पछि आगामी कार्यदिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए । सम्मेलनको हिजो शनिबार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियोे । बन्द सत्र कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षता र सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) को सञ्चालनमा चलिरहेको छ ।

बन्दसत्रमा कांग्रेस केन्द्रीय सदस्य डा। चन्द्र भण्डारी, पुस्पा भुसाल, दिपक गिरी, डाक्टर गोविन्द पोख्रेल, अजयबाबु सिवाकोटी, अब्दुल रज्जाक लगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको छ । सम्मेलनले नयाँ कार्ययोजनासहित नीति सम्मेलनमा पेश गर्ने प्रस्तावसमेत तयारी गर्ने सभापति अमरसिंह पुनले बताए । सम्मेलन आजै सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *