![](https://www.sankalpakhabar.com/wp-content/uploads/2023/11/PM-Prachanda-in-the-set-of-Interview-of-PRIME-TIMES-TV-with-Rishi-Dhamala-1536x1023-1.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शनिबार) कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आज बिहान कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका हुन् ।
माओवादीले सञ्चालन गरेको ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’अन्तर्गत आज हुन लागेको साक्षात्कार बिहान नौ बजेदेखि शुरू हुने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुर–९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुनेछ ।