काठमाडौं । कोशी प्रदेशमा देखिएको राजनैतिक द्वोन्द्व व्यवस्थापनमा कांग्रेसबाट निर्वाचित कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले मुख्य भूमिका खेल्दै आएका छन् । कोशी प्रदेश सरकार संचालनमा बेला–बेला राजनीति दलहरुबीच बढेको द्वोन्द्वका कारण बेलाबेला मुख्यमन्त्री नियुक्तीमा समस्या बढिरहेको परिस्थितिमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचन हुनबाट रोके ।
आँफू मुख्यमन्त्री नियुक्ती भएपछि आफ्नो विरुद्धमा राजनैतिक दलहरुले विभिन्न टिप्पनी गरिरहेका बेला कार्कीले कुनै पनि अवैधानिक प्रणालीमा आँफू नलागेको र प्रदेश सरकार सँचालनमा कुनै पनि अवरोध आउन नदिने बताउँदै आएका छन् । मुख्यमन्त्री पदका लागि सर्वोच्चमा राजनैतिक दलहरुका विरुद्धमा समयसमयमा मुद्धा समेत परिसकेकाले अब आगामी दिनमा दुई राजनैतिक दलहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने उनले बताएका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन बेलाबेला दबाब दिएपछि मुख्यमन्त्री केदार कार्कीले एमालेलाई कोशी प्रदेश सरकारबाट हटाउन नसकिने बताएका छन् ।
कोशी प्रदेशको अङ्क गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने बताएका छन् । मुख्यमन्त्री र एमालेबीच आज भएको वार्तामा कार्कीले एमालेविनाको सरकार गठन दबाब बढेपछि कोशी प्रदेश सरकार एमालेविना नचल्ने स्पष्ट पारेका हुन् । दुई दलको सहमतीविना कोशी प्रदेश सरकार संचालन हुन नसक्ने भन्दै उनले राजनीति दलहरुबीच बढेको द्धोन्द्ध व्यावस्थापन गर्न एकले अर्कालाई लडाउने प्रवृतिको अन्त्य गर्नुपर्ने बताए ।
कार्की एमालेका ३९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरको आधारमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि काङ्ग्रेस शेखर समूहका नेता कार्कीले एमाले र काङ्ग्रेसबाट मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । कार्कीमाथि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमालेविनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएपनि विगतको इतिहासले सबै कुरा सिकाइसकेको बताउँदै मुख्यमन्त्ती कार्कीले अब सरकार परिवर्तनमा आफ्नो ध्यान नभएको उल्लेख गरेका छन् ।
वार्तामा सहभागी एमाले संसदीय दल कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् विस्तारको तयारी लगभग सकिएको र भोलिसम्ममा अन्तिम टुङ्गो लाग्ने बताएका छ्न। यसबारे नेकपा एमालेसँग सबै कुरा भइसकेको र भोली अन्तिम निर्णयमा पुग्ने उनको भनाइ छ । उनका अनुसार एकदुई दिनभित्रमै कोशीमा मन्त्रिपरिषद् विस्तार हुनेछ ।
वार्तामा मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा छलफल भएको सचेतक भण्डारीले जानकारी दिए । कोशीका मुख्यमन्त्री कार्कीले कार्तिक १ गते विश्वासको मत पाएर उनले असोज २८ गते २ जना मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्ती कार्कीले सरकारलाई पूर्णता दिने विषयमा शिर्ष नेताहरुसँगको भेटलाई बाक्लो पार्दै आएका छन् ।




