कोशी प्रदेश

कोशी प्रदेश : सहमतिका आधारमा सरकार गठन हुने मुख्यमन्त्री कार्कीको दावी

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा सहमतिको सरकार बन्ने दावी गरेका छन् ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग प्रतिक्रियामा उनले यस्तो दावी गरेका हुन् । उनले कोशी प्रदेश सरकारको मुख्य मन्त्री बनेर कोशी सरकारको राजनीतिमा देखा परेको संकट दुर भएको समेत उल्लेख गरे । कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अन्त्यका लागि नै आँफू मुख्यमन्त्री बनेको बताए ।

मुख्यमन्त्रीमा नियुक्ती भएपछि आइतबार सपथ ग्रहण गर्दै कार्कीले कोशीमा देखा परेका सम्पूर्ण समस्याको समाधान वार्ताको माध्यमबाट नै समाधान गर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *