कोशी प्रदेश

कोशीमा सरकार गठन गर्न एमालेसँग कांग्रेस असहमत, माओवादीसँग सरकार गठन गर्ने : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मिलिजुली सरकार बनाउने जनादेश आए पनि कांग्रेसले उक्त विषयमाथि असन्तुष्टी जनाएपछि अहिले कोशी प्रदेशमा राजनैतिक संकटको अवस्था आएको बताएका छन् ।

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बिहिबार उनले यस्तो बताएका हुन् । नेकपा एमालेले कोशी प्रदेशमा मिलिवजुली सरकार बनाउनुपर्ने बाध्यता सिर्जना भएपछि पटक –पटक सहमतिमा सरकार गठन गरौँ भन्दा अस्विकार गरेको उनले बताए ।

‘प्रदेशमा मिलिजुली अघि बढ्ने जनमत प्राप्त भपछि सोही अनुसार प्रयास गरेपनि कांग्रेसले असमति जनाउन थालेपछि पटक–पटक कोशी सरकार गठनमा बेलाबेला फेरबदलको अवस्था आएको उनको दाबी छ । कोशी प्रदेश सरकार गठनमा ढिलो गर्न नहुने बताउँदै मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले असमति जनाएपनि माओवादीसंग सहकार्य गरेर भएपनि सरकार गठन गर्ने बताए । सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा मुख्यमन्त्री माओवादीबाट इन्द्र आंङबोलाई बनाउने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *