काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको लेखा समितिको अध्यक्षमा मुगुमा जितबहादुर मल्ल विजयी भएका छन् ।
लेखा आयोग समितिको ६०० गणना गर्दा ३५७ मत ल्याएर जितबहादुर मल्ल विजय भएका हुन् । उनका प्रतिस्पर्धी सुर्खेतका सुरज थापाले १७८ मत प्राप्त गरेका छन् ।
यस्तै कर्णाली लेखा समितिको उपाध्यक्षमा सुर्खेतका अमरबहादुर चन्द सर्वसम्मत निर्वाचित भएका छन् । मल्ल अध्यक्ष गुलावजंग शाहको टिमबाट लेखा समितिको अध्यक्षमा विजयी भएका हुन् ।




