कर्णाली प्रदेश

एमालेको कर्णाली अधिवेशमा सिटी हलमा एमाले कार्यकर्ताद्धारा तोडफोड

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन जारी रहेको बेला वीरेन्द्रनगर सिटी हल तोडफोड भएको छ।
सोमबार दिउँसो भइरहेको बेला एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूले सिटी हलमा तोडफोड गरेका हुन्।

निर्वाचन कमिटीको सदस्य रहेका सत्य शाही र प्रदेशका एक नेताबीच आइतबार विवाद उत्पन्न भएको अधिवेशनमा उपस्थित एक नेताले जानकारी दिए । त्यसपछि सत्य शाहीलाई कारबाही गरी अधिवेशनको निर्वाचन कमिटीबाट हटाइएको थियो। आज दिउँसो मतगणना सुरू हुन लाग्दा उनीपनि सिटी हलमा उपस्थित भइ मतगणना स्थलमा आफू पनि बस्न पाउनुपर्ने अडान राखेका थिए। मतगणनामा अवरोध गरेपछि निर्वाचन कमिटीले उनलाई प्रहरीको जिम्मा लगाएको थियो।

पार्टीभित्रको आन्तरिक विवाद पार्टीमै मिलाउनुपर्नेमा सत्य शाहीलाई प्रहरीको जिम्मा लगाइएको भन्दै अनेरास्ववियुका कार्यकर्ताहरू सिटी हलमा पुगेर प्रदर्शन गरेका थिए। उनीहरुले लात्ती प्रहार गरेपछि केही भौतिक क्षेती समेत पुगेको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *