कोशी प्रदेश

कोसी प्रदेश सभाको हिउँदे अधिवेशन असोज १७ गतेका लागि आह्वान

काठमाडौं । कोसी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चौथो अधिवेशन आह्वान भएको जनाएका छन् । कोशी यसअघि भदौ ६ गते तेस्रो अधिवेशन सकिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *