बागमती प्रदेश

एमाले बागमती प्रदेश कमिटीमा १६२ जना निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको १६२ जना निर्विरोध निर्वाचित भएका छन् । स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल अघोषित प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका छन् । दाहाल पक्षबाट उपाध्यक्षमा नुवाकोटका पूर्वसांसद नारायणप्रसाद खतिवडा, सचिवमा ललितपुरका पूर्वसांसद नवराज सिलवाल उम्मेदवार बनेका छन् भने ढुंगेल पक्षबाट उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा र सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित उम्मेदवार बनेका छन् ।

दाहाल पक्षबाट उपसचिवमा खुलातर्फ सिन्धुलीका खड्गबहादुर खत्री र महिलामा काभ्रेकी भक्तकुमारी लामा उम्मेदवार छन् । त्यस्तै, ढुंगेल पक्षबाट उपसचिवमा ललितपुरका प्रेम महर्जन र काभ्रेकी रिता गौतम ढकालले उमेदवारी दिएका छन् ।
अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *