काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजनीतिक सल्लाहकारमा गृहजिल्ला दाङका कांग्रेस नेता जानकीलाल बस्नेत नियुक्त भएका छन् ।
आइतबार मुख्यमन्त्री चौधरीले दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सेवा सुविधा दिनेगरी आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुनेगरी बस्नेतलाई प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरिएको छ । उनले आज नै पदभार ग्रहण गरेका हुन ।




