राजनीति

राप्रपासँग मिलेर कोशीमा सरकार बनाउन भीम पराजुलीको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा कोशीमा सरकार बनाउन राप्रपासँग समीकरण गर्नुपर्ने आवाज उठेको छ ।

सानेपामा जारी बैठकमा आइतबार केन्द्रीय सदस्य भीम पराजुलीले राप्रपासँग वार्ता गरेर कोशीमा स्थिर सरकार बनाउन नयाँ समीकरण बनाउनुपर्ने बताएका हुन् ।

उनले कोशीमा सत्ता गठबन्धनले राप्रपासँग तालमेल गरेर अघि बढे मात्रै सरकार स्थिर रहन सक्ने बताए।

‘कोशी प्रदेशमा एमालेले विश्वासको मत पाउने देखिँदैन । त्यसैले राप्रपासँग निर्णायक वार्ता गरेर नयाँ समीकरण बनाउनुपर्छ’, उनले भने ।

केन्द्रीय सदस्य पराजुलीले काँग्रेस वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने बताए । उनले मुलुकमा भ्रष्टाचार र अनियमितता डरलाग्दो स्थितिमा पुग्दा पनि काँग्रेस मौन बस्न नहुने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *