राजनीति

विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन : प्रवक्ता शर्मा

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले कसैको विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी छिन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंगमा उनले यस्तो बताएकी हुन् ।

सरकारले सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरिसकेको बताउँदै उनले भनिन,‘लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ । तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन । यो संविधान, कानून र नियमविपरितकै कामहरु हुन् । त्यसबारे थप अनुसन्धान जारी छ ।’ अनुसन्धान टुंग्याएपछि सरकारले आफ्नो धारण सार्वजनिक गर्ने शर्माले बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *