काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियान सफल पार्न प्रधानमन्त्रीलाई राप्रपाको समर्थन रहेको बताएका छन् ।
शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राप्रपाले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो भनेर घोषण ा गरेको बताउँदै अध्यक्ष लिङ्देनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदममा राप्रपाको समर्थन रहेको उल्लेख गरे । अपराधिक कामका लागि आदेश दिनेलाई जोगाएर भरियालाई मात्रै समातेर सरकारले अपराधिलाई जोगाउन नहुने बताए ।




