कोशी प्रदेश

कोशीमा सरकार ढल्यो, एमालेकाे सरकार बन्ने

काठमाडौं । सर्वोच्च अदालतले पूर्व आदेस बमोजिम १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई ४८ घण्टा भित्र सरकार गठनको परमादेश दिएको छ । सर्वोच्च अदालतले न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो।

अदालतले निर्णायक मत संविधानसम्मत मान्न नमिल्ने र इसराइल मन्सुरीको मतसमेतको मतलाई बहुमत मान्न नमिल्ने भएकोले वहुमत पाएको निर्णय उत्प्रेषणको आदेसले बदर भएको जनाएको छ । कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री विरुद्ध सर्वोच्चमा रिट दिएका थिए । निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश जारी गरेको हाे ।

थापाले विश्वासको मत लिँदा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएका थिए । सर्वोच्चले बराबर मत भएमात्रै बैठकको सभाध्यक्षले मत दिन सक्न ठहर गरेको छ । मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा पक्षमा ४६ र विपक्षमा परेको ३० लाई ४५ मानी बैठकको अध्यक्ष गरेका अन्सारीले दिएको मत संविधान सम्मत नरहेको जनाएको छ ।
अब संसद्को सबैभन्दा ठूलो पार्टी नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *