कोशी प्रदेश

कोसी प्रदेश सरकारविरुद्ध दोस्रो पटक सर्वोच्चमा एमालेको रिट दर्ता

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा एमाले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले रिट दर्ता गरेका छन् । बुधबार एमाले नेता कार्कीले कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरित विश्वासको मत लिएको भन्दै खारेजीको माग राख्दै सर्वेच्चमा पुगेर रिट दर्ता गरेका हुन् ।

एमाले नेता कार्कीले सर्वोच्चमा दायर गरेको रिट दर्ता हुने प्रक्रियमा रहेको स्रोतले जनाएको छ । दर्ता प्रक्रिया सकेपछि सवोृच्चले पेशी तोक्नेछ । यस अघि पनि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार गठनका क्रममा सभामुखको हस्ताक्षरमा बहुमत देखाएर नेपाली कांंग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा चयन भएर उनको नेतृृत्वमा कोशी प्रदेश सरकार गठन भएको थियो ।

तर नेकपा एमाले नेता हिक्मत कुमार कार्कीले सर्वोच्चमा संविधान विपरित भएको भन्दै हालेको रिटका आधारमा सर्वोच्चले आदेश दिएपछि उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार ढलेको थियो । त्यसको सात दिनमा सभामुुखले राजीनामा दिएर पुनः थापाकै नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखले राजीनामा दिएसँगै उपसभामुख सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गर्दै आएकी थिइन् ।

मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागि गत सोमबारका लागि बोलाएको बैठकमा उपसभामुख दनुवार अनुपस्थित भएकी थिइन् । बैठक स्थगित नगरी उनले स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको बताएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यक्षमण्डलका सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गर्ने र विश्वासको मत लिने कार्यसूची अघि बढाउने निर्णय गरेको थियो ।

एमालेका तर्फबाट सांसद निर्वाचित भएर उपसभामुखको जिम्मेवारीमा रहेकी दनुवारले सरकारलाई असहयोग गरेको निष्कर्ष निकालेको सत्ता गठबन्धनले अध्यक्ष मण्डलका सदस्य इसराइल मन्सुरीको अध्यक्षतामा बैठक सञ्चालन गरेर विश्वासको मत उद्धव थापाले लिएका थिए । अध्यक्षता गरेका मन्सुरीसमेतको मतमा ४७ मत पु¥याएका मुख्यमन्त्रीविरुद्ध रिट लिएर फेरि एमाले संसदीय दलका नेता एवम पूर्वमुख्यमन्त्री कार्की अदालत पुगेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *